रामदेवका औषधी गुणस्तरहिन,बिक्री बितरणमा रोक



हाम्रो इकोनोमि

काठमाडौ । योगगुरु रामदेवका पतन्जलीले उत्पादन गरेको औषधीहरु गुणस्तरहिन भएको प्रमाणित भएका छन् ।

औषधी ब्यवस्था बिभागले ल्याव परीक्षण गर्दा पतन्जली आयुर्बेदिक केन्द्रद्धारा उत्पादित अम्ला चुर्ण, दिब्या गसार चूर्ण, बकुची चूर्ण त्रिफला चुर्ण, अश्वगन्धा चूर्ण र अदिब्या पूर्ण औषधीहरु गुणस्तर नभएको पाईएपछि बिक्री बितरणमा रोक लगाईएको छ ।

बजारमा रहेका औषधीहरु फिर्ता गर्न बिभागले कम्पनी र बिक्रेतालाई निर्देशन दिएको छ । चूर्ण बर्गका ओषधीमा मापदण्ड नपुगेको र गुणस्तर पनि नभएकाले उपचार भन्दा रोग बढाउने संभावना बढी रहेको बताईएको छ । कतिपय औषधीमा सुक्ष्म जिवाणु समेत भेटिएको बिभागको भनाई रहेको छ ।

पतन्जलीले हाल नेपालमा खोलिएका सयौं केन्द्र मार्फत ११० प्रकारका औषधी बिक्री बितरण गरिरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...