राजपाले मधेसीको अधिकार खोस्यो : खनाल



हाम्रो इकोनोमि

इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राजपाले चुनाव सारेर मधेसी जनताको नैसर्गिक अधिकार कुण्ठित गरेको बताएका छन् । मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप नेता खनालले लगाएका छन्।

इलाम नगरपालिका ५ स्थित सुम्वेकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड गर्यो, जनताको निर्वाचनको अधिकार कुण्ठित गर्यो” भने ।

स्थानीय निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने बताउदै उनले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए।

वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...