चलचित्रमा रुदाने



हाम्रो इकोनोमि

काठमाडौँ ।  दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनमा आधारित भएर
चलचित्र निर्माण भएको छ । विष्टको १८औँ स्मृति दिवसको अवसर पारी बुधबार ‘रुदाने विद्रोहको नेपाली नाम’को फष्ट लुक सार्वजनिक भएको छ ।

चलचित्रमा रुपचन्द्र विष्टको सिंगो जीवन र थाहा दर्शनका विविध पाटा समेटिएको निर्माण पक्षले जनाएको छ । रुदानेको लेखन अमितकिशोर सुवेदी र विकास ढकालले संयुक्त रूपमा गरेका छन् ।

दावनल क्रियशनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्मार्ता जागृत रायमाझी छन् ।
चलचित्रमा विष्टको भूमिकामा दिव्यदेवले अभिनय गरेका छन् भने नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अमर सुवेदी, सरोज अर्याललगायत एक सयभन्दा बढी कलाकारको पनि अभिनय छ । चलचित्रमा बलिउडका सान्ता राओको छायांकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ ।

रुदाने यसै वर्षभित्र प्रदर्शनमा ल्याउने गरी अन्तिम चरणको सुटिङ भइरहेको निर्माण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...