बुटवलमा कांग्रेस-माओवादी तालमेल, एमालेले जित्ने पक्का



हाम्रो इकोनोमि

काठमाण्डौं । पाँच नम्बर प्रदेशको राजधानी हुन सक्ने बुटवल उपमहानगरको नेतृत्व गर्न दलहरू कोही गठबन्धन गरेर चुनावमा होमिएका छन् भने कोही गठबन्धनविरुद्ध एक्लै भिडिरहेका छन्।

रुपेन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने बुटवल उपमहानगरमा संविधानसभाका दुवै चुनावमा एमालेले बाजी मारेको थियो। यो क्षेत्रबाट एमालेका उपमहासचिव विष्णु पौडेल दुवै चुनावमा कांग्रेस उम्मेदवारलाई हराएर निर्वाचित भएका थिए।

२०५४ को स्थानीय निर्वाचन पनि जितेकाले एमालेले बुटवललाई आफ्नो ‘किल्ला’ ठान्छ। एमालेको त्यही ‘किल्ला’ तोड्न कांग्रेसले यसपालि माओवादी केन्द्रसँग तालमेल गरेको छ। मेयर र उपमेयरमा माओवादीसँग मिलेको कांग्रेसले केही वडामा भने राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि गठबन्धन गरेको छ।

कांग्रेससहित तीन दल एकातिर भए पनि देशका अन्य सहरमा विभिन्न पार्टीसँग तालमेल गरेको एमाले बुटवलमा एक्लै चुनावी मैदानमा ओर्लिएको छ। आफ्नो ‘किल्ला’ जोगाउन एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवलको मेयर बन्ने दौडमा छन्। उनी २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन बुटवल नगरपालिका- ९ को सदस्यमा निर्वाचित भएका थिए।

मजदुर आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदी गत असोजमा एमाले रुपन्देहीका अध्यक्ष बनेका थिए। बलियो संगठन, इमानदार र जुझारु कार्यकर्ता भएकाले बुटवलको मेयर आफूले जित्ने सुवेदीको दाबी छ।

‘प्रदेश नम्बर ५ मा रहेको पहाड र तराई अलग हुनै सक्दैन, त्यसलाई अलग गर्नु भनेको मानिसको शरीरबाट टाउको अलग गरे जस्तै हो भन्ने यस क्षेत्रका तमाम मतदाता र सर्वसाधारणको भावना छ, त्यही भावनाको नेतृत्व गरेका कारण पनि यस क्षेत्रका मतदाताले एमालेलाई मतदान गर्ने छन्,’ सुवेदी भन्छन्, ‘बुटवलको विकास गर्ने यहाँका भूमिहीन सुकुम्वासीको भावना बुझ्ने एमाले मात्र हो भन्ने आम मतदातालाई थाहा छ।’

अधिकांश सुकुम्बासी बस्ती रहेको वडा नं. ११ जुनसुकै राजनीतिक दललाई जिताउने निर्णायक वडा बन्दै आएको छ। अहिलेसम्मका निर्वाचनमा एमालेले पकड जमाउँदै आएको उक्त वडामा मात्र ११ हजार ६ सय १९ मतदाता छन्।

अरु ४र५ वडा भन्दा वडा नं. ११ एउटैमा धेरै मतदाता रहेको र यही वडा नै उम्मेदवारलाई जिताउने र हराउने निर्णायक बन्ने भन्दै सबै उम्मेदवारको ध्यान यहाँका मतदाताको मन जित्नेतर्फ केन्द्रित बनेको छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...