नेप्से परिसुचक सामान्य बढ्यो, तर कारोबार घट्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । साताको पहिलो दिनदेखि नै तीब्र गतिमा घटिरहेको सेयर बजार बुधबार भने बढेको छ । बजार सामान्य बढेपनि कारोबार भने खस्किएको छ । नेप्से परिसूचक ३.६२ अंकले बढेर १५५४.६९ अंकमा पुगेको हो।

बीमा, बैंकिङ, होटल र विकास बैंक समूह क्रमशः ३२.०३, ४.५३, ६.६९ र ३.१६ अंकले बढेका छन् भने जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १.५३, १.४६, ८.०२ र १.१६ अंकले घटेका छन् । दिनभरिमा १५२ वटा कम्पनीको आठ लाख ९३ हजार छ सय ८८ कित्ता सेयर चार हजार सात सय ८९ पटक खरिदविक्री हुँदा जम्मा ४६ करोड ७५ लाख १८ हजार सात रुपैयाँको कारोबार भएको छ ।

एभरेष्ट बैंकको सबैभन्दा धेरै चार करोड १० लाख रुपैयाँको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । वरियन्टल होटल्स, प्राइम लाइफ इन्स्योरेन्स, एनसीसी बैंक, सानिमा बैंक, नविल बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.०१ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, नयाँ नेपाल लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक, रिलायबल माइक्रोफाइनान्स, लक्ष्मी भ्यालु फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा हिमालयन डिस्टीलरी रहेको छ, जसका सेयरधनीले ७.५६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सेन्ट्रल फाइनान्सका सेयरधनीले ५.११ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स फाइनान्स, काबेली विकास बैंक, तारागाउँ रिजेन्सी, एभरेष्ट बैंक(सीपी), सिभिल लघुवित्त, हाम्रो विकास बैंक, गुडविल फाइनान्स, एनएमबि हाइब्रिड फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...