सानिमा र सिद्धार्थ बैंकको सेयर लिलामीमा



हाम्रो इकोनोमि

काठमाडौं। सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद लिलामीमा बिक्रि गर्ने भएको छ।

सानिमा बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सर्बसाधारण शेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ।

सानिमा बैंकले बैशाख १७ देखि जेठ २१ सम्म चुक्ता पूँजीको ३० प्रतिशत हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद बिक्री खुल्ला गरेको थियो। बैंकले न्युनतम १०० कित्ता तथा न्युनतम १०० रुपैयाँमा बोलपत्र आह्वान गरेको छ।अधिकतम जति पनि गर्न सक्ने बताएको छ। बोलपत्र असार २३ गते दिउसो २ बजे सिविआएल क्यापिटल डिल्लिबजारबाट खोल्ने जनाएको छ।

त्यस्तै सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि नबिकेको संस्थापक समुहतर्फ ४ लाख ५ हजार ८८८ कित्ता र सर्बसाधारण समुहतर्फ ४ लाख ५१ हजार ५४८ कित्ता शेयर लिलाम बाट बिक्री गर्ने भएको छ।

बैंकले गत बैशाख ७ देखि जेठ १० सम्म चुक्ता पूँजीको ६० प्रतिशत बराबर ८० लाख १५ हजार कित्ता हकप्र शेयर बिक्री खुल्ल गरेको थियो।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...