सानिमा र सिद्धार्थ बैंकको सेयर लिलामीमा



काठमाडौं। सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद लिलामीमा बिक्रि गर्ने भएको छ।

सानिमा बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सर्बसाधारण शेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ।

सानिमा बैंकले बैशाख १७ देखि जेठ २१ सम्म चुक्ता पूँजीको ३० प्रतिशत हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद बिक्री खुल्ला गरेको थियो। बैंकले न्युनतम १०० कित्ता तथा न्युनतम १०० रुपैयाँमा बोलपत्र आह्वान गरेको छ।अधिकतम जति पनि गर्न सक्ने बताएको छ। बोलपत्र असार २३ गते दिउसो २ बजे सिविआएल क्यापिटल डिल्लिबजारबाट खोल्ने जनाएको छ।

त्यस्तै सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि नबिकेको संस्थापक समुहतर्फ ४ लाख ५ हजार ८८८ कित्ता र सर्बसाधारण समुहतर्फ ४ लाख ५१ हजार ५४८ कित्ता शेयर लिलाम बाट बिक्री गर्ने भएको छ।

बैंकले गत बैशाख ७ देखि जेठ १० सम्म चुक्ता पूँजीको ६० प्रतिशत बराबर ८० लाख १५ हजार कित्ता हकप्र शेयर बिक्री खुल्ल गरेको थियो।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न