सुरुङ विस्फोटमा दुई पत्रकार मारिए



काठमाण्डौं । इराकको मोसुलमा भएको विस्फोटमा दुई पत्रकार मारिएका छन् । फ्रान्सका स्टेफेन भिल्लेनेभु र कुर्दिस पत्रकार बख्तियार हादाद मारिएका हुन् ।

फ्रान्सको विदेश मन्त्रालयले ‘फ्रान्स २’ टेलिभिजन नेटवर्कमा आवद्ध पत्रकार बारुदी सुरुङ विस्फोटका क्रममा मारिएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै पत्रकार भिल्लेनेभुको परिवारमा समवेदना व्यक्त गर्नुका साथै साहस र व्यावसायिकताले उनलाई सम्मानित बनाएको उल्लेख छ ।

यसैगरी रिपोटर्स सान्स फ्रन्टियर्स (आरएसएफ) ले विस्फोटमा कुर्दिस पत्रकार हादाद मारिनुका साथै अन्य दुई जना घाइते भएको जनाएको छ । आरएसएफले मोसुलको रस अल–जादाहलाई इस्लामिक स्टेट्सको कब्जाबाट मुक्त गर्ने क्रममा इराकी सेनाद्वारा गरिएको कारबाहीका क्रममा उनीहरू मारिएको जनाएको छ । यसैगरी आईएसको कब्जामा १० इराकी पत्रकार रहेको पनि आरएसएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका

क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको तयारी

      नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट