सुरुङ विस्फोटमा दुई पत्रकार मारिए



हाम्रो इकोनोमि

काठमाण्डौं । इराकको मोसुलमा भएको विस्फोटमा दुई पत्रकार मारिएका छन् । फ्रान्सका स्टेफेन भिल्लेनेभु र कुर्दिस पत्रकार बख्तियार हादाद मारिएका हुन् ।

फ्रान्सको विदेश मन्त्रालयले ‘फ्रान्स २’ टेलिभिजन नेटवर्कमा आवद्ध पत्रकार बारुदी सुरुङ विस्फोटका क्रममा मारिएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै पत्रकार भिल्लेनेभुको परिवारमा समवेदना व्यक्त गर्नुका साथै साहस र व्यावसायिकताले उनलाई सम्मानित बनाएको उल्लेख छ ।

यसैगरी रिपोटर्स सान्स फ्रन्टियर्स (आरएसएफ) ले विस्फोटमा कुर्दिस पत्रकार हादाद मारिनुका साथै अन्य दुई जना घाइते भएको जनाएको छ । आरएसएफले मोसुलको रस अल–जादाहलाई इस्लामिक स्टेट्सको कब्जाबाट मुक्त गर्ने क्रममा इराकी सेनाद्वारा गरिएको कारबाहीका क्रममा उनीहरू मारिएको जनाएको छ । यसैगरी आईएसको कब्जामा १० इराकी पत्रकार रहेको पनि आरएसएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...