भर्सटायल गायक हिमाल श्रेष्ठ
काठमाडौँ । खोटाङमा हुर्केका हिमाल श्रेष्ठ उमेरले भर्खर २१ टेक्दैछन् । उनको गायकीलाई हेर्ने र सुन्ने हो भने उनको गलालाई हामीले सलाम गर्नै पर्छ ।
सुमधुर स्वरका धनी हिमाल साङ्गितिक क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेका छन् । उनी अहिले काठमाडौमा रही संगीत साधनामा अनवरत रुपमा लागिरहेका छन् । गुरुकूलमा संगीत प्रशिक्षण लिदै आईरहेका श्रेष्ठको ‘सानीले’ बोलको गीत अहिले निकै चर्चामा रहेको छ ।
उनी लोक, पप, आधुनिक सबै खाले गीत गाउन सक्छन् । ‘उनको तिमी मेरो म तिम्रो, बिरको शिर, माया गर्नेलाई गाउँ मेरो’ लगायत आधा दर्जन गीतमा आफ्नो स्वर दिईसकेका छन् । सानीले र माया गर्नेलाई गीतको म्युजिक भिडियो युट्युबमा आएको छ ।
संगीत गुरु गुरुदेव कामतसँग संगीत प्रशिक्षण लिईरहेका उनी विकृत तथा उच्छ्रिङ्खल खालका गीत नगाउने बताउछन् । मायाप्रमका साथै राष्ट्रिय भावनाले भरिएका गीतमा आफ्नो स्वर दिएका हिमालले आगामी दिनमा सफलता चुमोस हाम्रो शुभकामना ।