स्थानीय निर्वाचनमा शीर्ष नेताहरु को कहाँ



हाम्रो इकोनोमि

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले, कांग्रेस,माओवादी, राप्रपालगायतका शिर्षस्थ नेताहरु आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रियता जनाईरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले चुनावी कार्यक्रममै गृह जिल्ला दाङमा रहेका छन् । यस्तै बरिष्ठ नेता झलनाथ खनालर सुवास नेम्वाङ इलाममा रहेका छन् । हर्का वरिष्ठ नेता माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रममा रहेका छन् भने पार्टी उपाध्यक्ष उपाध्यक्ष वामदेव गौतम प्युठानमा रहेका छन् ।

अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने बताईएको छ । कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त रहेकी छिन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...