दरबार हत्याकाण्ड वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा भएको थियो : प्रचण्ड



हाम्रो इकोनोमि

काठमाडौँ । दरबार हत्याकाण्ड राजा विरेन्द्रसँग वार्ताको प्रयास हुदैगर्दा भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन् ।

माओवादीका तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ उनले भने । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै प्रचण्डले सो कुराको खुलासा गरेका हुन । उनले भने ‘वीरेन्द्रको वंश विनाशपछि वार्ताको कडी टुट्यो, एउटा असली राजा र नाटकीय रूपमा आएका राजाले सोच्ने तरिका फरक हुँदोरहेछ । एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरेँ ।’

प्रचण्डले राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउँदै सक्कली र नक्कली राजाले सोच्ने तरिकामा फरक हुने बताए। नक्कली राजा ज्ञानेन्द्र शाहले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...