नेप्से ४.०९ अंकले घट्यो, ५७ करोड ९२ लाख ३७ हजारको मात्र कारोबार



काठमाण्डौं । मंगलबार सेयर बजार ४.०९ अंकले घटेर १५५१.०७ अंकमा कायम भएको छ । सोमबारको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से पनि ओरालो लागेको हो ।

दिनभरिमा १४१ वटा कम्पनीको ११ लाख ६२ हजार दुई सय ३९ कित्ता सेयर पाँच हजार चार सय नौ पटक खरिदविक्री हुँदा ५७ करोड ९२ लाख ३७ हजार तीन सय २७ रुपैयाँको कारोबार भएको छ ।

एभरेष्ट बैंकको सबैभन्दा धेरै नौ करोड एक लाख ३६ हजार आठ सय नौ रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, प्राइम लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, सानिमा बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

नेशनल माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५।९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । स्वरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स, अरुण फाइनान्स, युनाइटेड मोदी हाइड्रो, सनराइज बैंक, वरियन्टल होटल्स, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त, मिथिला लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

एभरेष्ट बैंक (सीपी)का सेयरधनीले सबैभन्दा धेरै ९.९५२२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने सिर्जना फाइनान्स, एनसीसी बैंक र कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ७.२१, ६.५१ र ५.५५ प्रतिशतका दरले गुमाएका छन् । आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, गुडविल फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार