भोट माग्न जाँदा गगन थापा पछी गृहमन्त्री लखेटिए



हाम्रो इकोनोमि

काठमाडौँ  । गृहमन्त्री जनार्दन शर्मा बाँकेको बैजनाथ गाउँपालिकाबाट लखेटिएका छन्। दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीतिबारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री शर्मा एकाएक माओवादी केन्द्रको घरदैलोमा हिँडेका थिए । त्यसपछि आक्रोशित अनेका स्थानीयले उनलाई लखेटेका हुन् ।

निर्वाचन आचारसंहिताले मंत्री लाइ चुनाबी प्रचारमा रोक लागेको छ। निर्वाचन आचारसंहिताको खिल्ली उडाउदै राति १० बजे त्यहाँ भोट माग्न पुगेका उन लाइ २ मिनेटमै त्यहाँबाट हिँडन् बाध्य पारिएको थियो। पहिलो चरणको चुनाबमा कपनमा त्यो बेला स्वास्थ मंत्री रहेका गगन थापा पनि त्यसरीनै भोट माग्न जादै लखेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...