एमालेका विश्वकर्मा निर्विरोध निर्वाचित



हाम्रो इकोनोमि

इलाम / इलामको माङ्गसेबुङ्ग गाउँपालिकामा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार धनकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको चुनावका लागि विश्वकर्माले वडा नं. ६ बाट वडा सदस्यमा आइतबार उम्मेदवारी दर्ता गराउनु भएको थियो । माङ्सेबुङका निर्वाचन अधिकृत कृष्णकुमार कार्कीका अनुसार अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

चार नगरपालिका र ६ गाउँपालिकासहित ८१ वडा रहेको इलाममा ९१ जना दलित जनप्रतिनिधि निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत नवराज दहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...