लौ चिनौ कांग्रेसका फिल्ड कमान्डर



हाम्रो इकोनोमि

काठमाडौँ / नेपाली कांग्रेसले १४ असारमा निर्वाचन हुने ३५ जिल्लामा नै केन्द्रबाट फिल्ड कमान्डर तोकेको छ । कांग्रेसले प्रदेश–१, ५ र ७ को निर्वाचनको अनुगमन गर्न केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठनसमेत गरेको छ ।

 

कार्यदलको सदस्यहरूमा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती रहेका छन् ।कांग्रेसले तोकेको ३५ फिल्ड कमान्डरमा शीर्षस्थ तथा प्रभावशाली नेता, पूर्वमन्त्रीलगायत रहेका छन् ।कांग्रेसले पूर्वगृहमन्त्रीसमेत रहेका विमलेन्द्र निधिलाई सोलुखुम्बु, गगन थापालाई दार्चुला, नुवाकोटका नेताहरू डा. रामशरण महतलाई झापा, अर्जुननरसिंह केसीलाई सुनसरी, जगदीश्वर नरसिंह केसीलाई तेह्रथुम, बहादुर लामालाई भोजपुर, काठमाडौंका भीमसेनदास प्रधानलाई ताप्लेजुङमा खटाएको छ । यस्तै पर्वतका अर्जुनप्रसाद जोशीलाई पाँचथर, सिन्धुलीका श्यामकुमार घिमिरेलाई इलाम, प्रकाशमान सिंह र जीवन परियारलाई संखुवासभा, मोहनबहादुर बस्नेतलाई धनकुटा, यज्ञबहादुर थापालाई सोलुखुम्बु, राजेन्द्रकुमार केसीलाई खोटाङ, ओखलढुंगामा प्रकाश शर्मा पौडेल, उदयपुरमा तेजुलाल चौधरी, गुल्मी चन्द्रबहादुर कुँवर, पाल्पामा ध्रुव वाग्ले, अर्घाखाँचीमा कमला पन्त, नवलपरासी रोमी गौचन थकाली र रञ्जित कर्ण, रूपन्देहीमा महेन्द्र यादव र शंकर भण्डारी, कपिलवस्तुमा धनराज गुरुङ र रामकृष्ण यादवलाई
खटाएको छ ।

यस्तै रुकुममा गोविन्द भट्टराई, रोल्पामा उदयशमशेर राणा, प्युठानमा रामचन्द्र पोखरेल र खड्गबहादुर बस्याल, दाङमा सुरेन्द्रराज पाण्डे, बाँकेमा हृदयराम थानी, बर्दियामा चित्रलेखा यादव, उमाकान्त चौधरी, रेशमबहादुर बानियाँ, बाजुरामा इन्द्र बानियाँ, अछाममा मोहनप्रसाद बराल, बझाङमा प्रदीप पौडेल, डोटीमा चन्द्र महर्जन, कैलालीमा रत्न शेरचन, बैतडीमा तप्तबहादुर विष्ट, डडेल्धुरामा शेषनाथ अधिकारी, कञ्चनपुर जीवनबहादुर शाही तोकिएको कार्यालय सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि चुनावी कार्यक्रममा सहभागी हुन राजधानीबाहिर जाने कार्यक्रम रहेको छ । ९ वा १० गते उनी सुदूरपश्चिमका जिल्लाहरूमा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...