नेपाल बंगलादेश बैंकको शेयर असार १४ बाट लिलामीमा आउँदै !



काठमाडौं । नेपाल बैंगलादेश बैंकले नबिकेको हकप्रद शेयर असार १४ देखि २१ सम्म सम्म लिलामीबाट बिक्री गर्ने भएको छ ।

बैंकले बैशाख १ देखि जेठ १० गतेसम्म ८० प्रतिशत शेयर जारी गरि बिक्री गरेको थियो। तीन करोड २० लाख ९४ हजार कित्ता हकप्रद शेयर जारी गरेकोमा नबिकेको नौ लाख ८८ हजार १२० कित्ता शेयर लिलामी बिक्रीका लागि आह्वान गरेको हो।

संस्थापक तर्फको १९ लाख ५११ र सर्बसाधारण समुह तर्फ नौ लाख ६८ हजार ६०९ कित्ता नबिकेको हकप्रद शेयर न्यूनतम १०० रुपैयाँमा बोलकबोल मार्फत खरिद गर्न बैंकले आह्वान गरेको छ।

सर्वसाधारणले न्युनतम १०० कित्ता माथि शेयर आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। बैंकको बोलकबोल शिलबन्दी फाराम असार २३ गते खोल्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार