रोजगारीको खोजिमा हुनुहुन्छ ? दुई विकास बैंकमा अवसर



हाम्रो इकोनोमि

काठमाण्डौं । सिन्धु विकास बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले एक जना डेपुटी सिईओ, एक जना डेपुटी जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि डिपार्टमेन्ट प्रमुखहरु, केही संख्यामा ब्रान्च मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि सुपरभाइजर तथा सिनियर एसिस्टेन्ट र केही संख्यामा एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट माग गरेको हो । यसमध्ये, एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ जुन भित्रमा एप्लाई गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंकमा जागीर खुलेको छ । बैंकले निकट भविष्यमा सञ्चालनमा आउन लागेका तथा हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयहरुका लागि लघुवित्त कार्यक्रम तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । लघुवित्त शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहकायक आवश्यक भएको बैंकले जनाएको छ । २० वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आफ्नो योग्यताबमोजिम आवेदन दिन सक्नेछन् । आवेदन असार २५ भित्र दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...