तीन एआईजी हुने भएपछि किन बढ्यो यिनको गति



काठमाडौँ । राजनीतिबाट अलग रहन नसकेको नेपाल प्रहरी समय समयमा विभिन्न पद र दरबन्दीका विषयमा व्यापक चर्चा हुने गरेको छ । गएको प्रचण्ड सरकालेप्रहरी महानिरिक्षक नियुक्ति गर्न पनि महिनौ दिन लगायो तर पनि सर्बोच्च अदालतमा प्रहरी महानिरिक्षक बिरुद्ध मुद्धा चलिरहेको छ ।

राजनीतिबाट चोखो रहन नसकेको नेपाल प्रहरी महानिरिक्ष नियुक्ति पनि तेस्रो बरियता क्रममा रहेका प्रकाश अर्याललाई बनाएर प्रहरी भित्र नै विवाद सिर्जना गरायो । यस्तै अहिले पनि एआईजीको दरबन्दी कति बनाउने भन्ने विषयमा राजीनिकत दलहरुभित्र अन्तर्रविरोध कायम रहीरहेको बेला नेपाल प्रहरीमा तत्कालका लागि एआईजीको दरबन्दी तीन जना मात्र राख्ने सम्भावना बढेको छ ।

लामो समयदेखि अवरुद्ध बढुवा प्रकृयालाई तत्काल अघि बढाउनका लागि एआईजीको दरबन्दी पुरानै निर्णयअनुसार कायम राख्न लागिएको हो । तीन वर्षअघि सुशिल कोइराला नेतृत्वको सरकारले प्रहरीका एआईजीको तीन वटा मात्र दरबन्दी राख्ने निर्णय गरेको थियो ।

तत्काल दरबन्दी थप्न समय लाग्ने र विवादमा पनि पर्ने भएकाले नथपिने भएको छ । एआईजीको दरबन्दी ११ सम्म बनाउन डिआईजीहरु भने दौडधुपमा लागेका छन् । नेपाल प्रहरीमा फागुन २ गतेदेखी एआईजीका सबै दरबन्दी रिक्त छन् । राजनीतिक हस्तक्षेप र संगठनभित्रकै अनेक विवादका कारण प्रहरीमा बढुवाको जाम भएको हो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता

      प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

      प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति

अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी

    चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने