बझाङको काडा–५ मा एमाले प्यानल नै निर्वाचित



हाम्रो इकोनोमि

वझाङ । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले विजयको खाता खोलेको छ । यसको शुरुवात बझाङको काडा गाउँपालिकामा–५ बाट भएको छ । उक्त वडामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध निर्वाचित भएका छन् ।

आईतबार भएको मनोनय दर्ताको वेला उक्त गाउँपालिकाको वडा नं। ५ बाट अन्य कुनै दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध विजयी भएको हो ।

निर्विरोध निर्वाचित हुनेमा महिला सदस्य अम्मरा बोहरा, अन्य सदस्यहरुमा डवल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन । कसैको उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित गरिएको कांडा गांउपालिकाका निर्वाचन अधिकृत विरेन्द्र केसीले जानकारी दिएका छन ।

आफ्नो वडामा रहेका विभिन्न खोला र नदीहरुमा झोलुगे पुल निर्माण गर्नु र गोरेटो बाटोलाई चौडा बनाउने काम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको निर्वाचित वडा अध्यक्ष धनञ्जय बोहराले बताए । उनले वडाका वासिन्दाको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...