बझाङको काडा–५ मा एमाले प्यानल नै निर्वाचित



हाम्रो इकोनोमि

वझाङ । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले विजयको खाता खोलेको छ । यसको शुरुवात बझाङको काडा गाउँपालिकामा–५ बाट भएको छ । उक्त वडामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध निर्वाचित भएका छन् ।

आईतबार भएको मनोनय दर्ताको वेला उक्त गाउँपालिकाको वडा नं। ५ बाट अन्य कुनै दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध विजयी भएको हो ।

निर्विरोध निर्वाचित हुनेमा महिला सदस्य अम्मरा बोहरा, अन्य सदस्यहरुमा डवल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन । कसैको उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित गरिएको कांडा गांउपालिकाका निर्वाचन अधिकृत विरेन्द्र केसीले जानकारी दिएका छन ।

आफ्नो वडामा रहेका विभिन्न खोला र नदीहरुमा झोलुगे पुल निर्माण गर्नु र गोरेटो बाटोलाई चौडा बनाउने काम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको निर्वाचित वडा अध्यक्ष धनञ्जय बोहराले बताए । उनले वडाका वासिन्दाको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...