किन जादैछन् देउवा दिल्ली



हाम्रो इकोनोमि

काठमाडौँ। शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन दिल्लीबाट निम्तो आएको थियो । त्यो निम्ते मान्नका लागि देउवा ३१ साउनमा दिल्ली जान खोजिरहेका छन् । त्यो दिन भारतको स्वतन्त्रता दिवस  हो ।

नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।

भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।

भारत अहिले नेपाल मामलामा पहिलाभन्दा लचिलो भएको छ । स्थानीय निर्वाचनले लोकतन्त्रको जग मजबुत हुने र नेपालमा शान्ति, स्थायित्व र समुन्नति स्थापित हुने विश्लेषण गरेकाले ऊ नेपालप्रति लचिलो देखिएको हो । त्यसमाथि भारत इसारामा काम गर्ने नयाँ प्रधानमन्त्री पाएपछि भारतले नेपाललाई हेने दृष्टिकोण बदलेको विष्लेषकहरुको बुझाई छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला नाकाबन्दी लगाएर नेपाललाई तर्साउन खोजेका भारतले त्यतिबेला स्वाभिमानी नेपालीहरुको शिर झुकाउन सकेका थिएनन् । नेपालको मामलामा बारम्बार हस्तक्षेपकारी भूमिका खेल्ने भारतले विगतमा तराईमा एक प्रदेश थपिने गरी संविधान संशोधन हुनुपर्ने अडान राखेको थियो ।

अन्यथा नेपाल दीर्घकालिनरुपमा अस्थिरतातिर जाने र यसबाट भारतको सुरक्षामा पनि दीर्घकालिन असर पर्ने भारतको निस्कर्ष थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...