गति लिँदै लोहनी नेतृत्वको स्वास्थ्य सुरक्षा विकाश समिती



हाम्रो इकोनोमि

काठमाण्डौं । सबै नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उदेश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितीले सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम संचालनमा ल्याईएको छ ।

२०७१ र राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ ले स्वास्थ्य बीमालाई कार्यान्वयनमा ल्याउने नीति अनुसार नेपाल सरकारबाट सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन गरि कार्यक्रम अगाडि बढाईएको हो । २०७१ बमोजिम तयार गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (संचालन) नियमावली, २०७२ को प्रावधान अनुसार आ.व. २०७२/७३ सम्म तीन जिल्लाहरु क्रमश इलाम, बाग्लुङ्ग र कैलाली जिल्लाहरुमा कार्यक्रम संचालन भई सकेकोछ । आ.व.०७३/७४ मा थप २२ जिल्ला गरी २५ जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य लिइएकोछ । जनताको स्वास्थ्य अवस्थालाई विकासको सूचक मानिने तथा स्वास्थ नागरिकले आर्थिक विकासमा टेवा पु¥याउन यस कार्यक्रमले नेपाल सरकारको सन् २०२२ सम्म अति कम विकसित राष्ट्रको सुचीबाट मध्यम आय भएका विकासशील मुलुकको सुचीमा सूचीकृत हुने आशा लिइएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, सेवा प्रदायक संघ संस्था तथा स्वास्थ्यकर्मीहरु, राष्ट्र सेवक कर्मचारीहरु,बिभिन्न पेसामा आबद्द व्यक्तिहरु, राजनीतिक दल, नागरिक समाज, संचारकर्मी र अन्तराष्ट्रिय विकास साझेदार संघसंस्थाहरुले सहयोग गरिरहेका छन् ।

नेपालमा आधारभूत स्वास्थ्य सेवा सबै तहमा पु¥याउने लक्ष्यका साथ सन् १९९० पछि सबै गाँउ विकास समितिमा उपस्वास्थ्य चौकी खोल्ने र निश्चित जनसंख्यामा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल स्थापना गरिएको छ । देशभरका सबै गाँउ विकास समितिमा कम्तीमा एक उपस्वास्थ्य चौकी स्थापना भएको छ ।

संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था गरे बमोजिम केही स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा उपलव्ध गराएको छ । सहस्राब्दी विकास लक्ष्यमा समाहित मातृ शिशु दर घटाउने, बाल मृत्यु दर घटाउने लगायत एच. आइ.भी. संक्रमित नागरिकलाई स्वास्थ्योपचार सेवामा पहूँच बढाउने, सुरक्षित मातृत्व सेवा, बच्चाको लागि ११ एण्टीजेनका भ्याक्सिन, भिटामिन ‘ए’ लगायत पोषणका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमक मार्फत मातृ मृत्युदर तथा मृत्युदरमा उल्लेखनीय कमी ल्याउन सफल भै सहस्राव्दी विकास लक्ष्य हासिल गर्न सफल भएको छ । सिमित स्रोत साधनका बावजुद मुटुरोग, मृगौला, क्यान्सर, स्पाइनल इन्जुरी तथा टाउकोको चोटपटक, अल्जमाइर तथा पार्किन्सस जस्ता रोगहरूका लागि पनि विपन्न नागरिकलाई उपचारमा रु. एक लाख देखि मृगौला (Kidney) को उपचारको हकमा जीवन पर्यन्त हेमोडायलायसिस् (life long hemodialysis) सेवा प्रदान गर्दै आएको छ । ७५ वर्षमाथिका नागरिक र १५ वर्ष मुनिका बालबालिकालाई निःशुल्क मुटुरोगको उपचारको व्यवस्था गरेको छ । करीब ७० प्रकारका औषधीहरू विभिन्न स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराइएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमक मार्फत युनिभर्सल हेल्थ कभरेज भन्ने नितिलाई जोडी स्वाथ्यमा सर्वव्यापी पहुच पु¥याउने कामहरु भईरहेको छ । युनिभर्सल हेल्थ कभरेज भन्नाले बलियो स्वास्थ्य संस्था, प्रभावकारी स्वास्थ्योपचार सेवा, कम व्यक्तिगत खर्च र दक्ष जनशक्तिसहितको सेवालाई बुझाउँछ । हरेक देशले आर्थिक क्षमता अनुसार युनिभर्सल हेल्थ कभरेजलाई लागू गर्ने गरेका छन् ।

सवै उमेर समुहका व्यक्ति सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा सहभागि हुने वा सदस्य बन्न पाउने व्यवस्था गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा आवद्ध भएका परिवारका सबै सदश्यले परिचय पत्र प्राप्त गर्दछन । र प्रत्येक सदस्यले सेवा लिन जाँदा आफनो कार्ड लिएर जानु पर्छ ।

सदस्यता दर्ता बर्षभरि खुल्ला रहनेछ तर सेवा पाउने समय देहाय अनुरुप तोकिएको छः

 बैशाख, जेठ र असार महिनामा दर्ता हुनेले भदौ १ गते देखि सेवा पाउने,
 साउन, भदौ र असोज महिनामा दर्ता हुनेले मंसिर १ गते देखि सेवा पाउने,
 कार्तिक, मंसिर, पुस महिनामा दर्ता हुनेले फागुन १ गते देखि सेवा पाउने,
 माघ, फागुन, चैत महिनामा दर्ता हुनेले जेठ १ गते देखि सेवा पाउने,
आगामी बर्ष नविकरण गर्दा आफूले सदस्यता दर्ता गरको साइकल अनुसारको समयावधिमा गरेमा सेवा निरन्तर रहने हुन्छ । अन्यथा सेवाको निरन्तरतामा ग्याप रहन जाने हन्छ ।

२०७२÷७३ तीन जिल्ला (कैलाली, बाग्लुंग र इलाम) बाट सुरु भएका स्वास्थ्य वीमा कार्यक्रम २०७३÷७४ मा थप २२ जिल्लामा विस्तार गरिने लक्ष्य रहेको छ । जस अनुशार पहिलो चरणमा ५ जिल्लाहरु (अछाम, बैतडी, कास्की, पाल्पा र म्याग्दी मा विस्तार गरिनेछ । तीन वर्ष भित्र ७५ वटा जिल्लामा यो कार्यक्रम लागु गरिने लक्ष्य रहेको छ ।

कैलालि बाग्लुङ र इलामबाट हालसम्म १२ हजार ६ सय २३ जनाले सामाजिक सुरक्षा (स्वास्थ्य बिमा) को सेवा लिईसकेको तथ्याङ्क आफुसंग रहेको कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...