आइसिसी विश्वकप क्रिकेटका लागि खेलाडी छनोट



काठमाडौँ । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ ।

आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आज खेलाडीको छनोट गर्नुभएको हो ।

छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी र पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् ।

त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन