न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो



हाम्रो इकोनोमि

काठमाण्डौं । प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययनको माग गरेपछि पराजुलीको सिफारिस रोकिएको हो ।

न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको थियो। ६ जनामध्ये पराजुली सबैभन्दा बरिष्ठ न्यायधीस हुन्।

न्याय परिषदले पराजुलीसहित न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।

पराजुलीको उमेरका साथै शैक्षिक प्रमाणपत्रबारे विवाद रहेकोबारे विवाद रहेको थियो। सोमबारको बैठकमा यसबारे पनि चर्चा भएको बताइएको छ। संवैधानिक परिषद्को अर्को बैठक असार १५ गते बस्नेछ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...