लन्डनमा मस्जिदनजिकै आतङ्ककारी हमला



काठमाण्डौं । उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान अर्को आतङ्ककारी हमला भएको समाचार छ ।

एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएको सो घटनालाई बेलायती प्रधानमन्त्री टेरेजा मेले सम्भावित आतङ्ककारी हमला भन्नुभएको छ । त्यस व्यक्तिले पैदल सडक किनाराबाट हिँडिरहेका यात्रुमाथि भ्यान लगेर ठोकाएको र भूईमा ढलेका व्यक्तिमाथिबाटै सो भ्यान कुदाएको थियो ।

त्यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका लन्डन प्रहरीले जानकारी दिएको छ । यस घटनालाई आतङ्ककारी हमलाको रुपमा हेरिएकोले अधिकारीहरुले अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।
भ्यान चालक ४८ बर्षीय व्यक्तिलाई सो सडकमा रहेका सर्वसाधारणले पक्राउ गरेर प्रहरीलाई बुझाइदिएको जनाएका छन् ।

सो घटनास्थलनजिकै एक मस्जिद छ । त्यहाँ मध्यरातदेखि नै प्रार्थना सुरु भएको थियो । सो प्रार्थनापछि घर जान बाहिर निस्केका व्यक्तिहरुलाई लक्षित गरेर यो आक्रमण भएको एक मुस्लिम नेताले जानकारी दिएका छन् । बेलायतमा यसअघि पनि मुस्लिम लक्षित आक्रमणको प्रयास भएको र यसमा पनि सोही प्रकृतिको हमला भएको ती मुस्लिम नेताले बताएका छन् ।

प्रधानमन्त्री मेले यसलाई पनि आतङ्ककारी हमलाकै संज्ञा दिनुभएको छ । उहाँले यसअघि जस्तै यो हमला पनि हिंस्रक रहेको र आतङ्ककारी प्रकृतिको रहेको बताउनुभएको छ । लन्डनका मेयर सादिक खानले यस आक्रमणलाई मुस्लिमका विरुद्धको नियोजित हमलाको संज्ञा दिएका छन् । उनले भनेका छन्– लन्डनमा यस्तो प्रकृतिको मुस्लिम विरुद्धको हमला केही समययतादेखि हुने गरेको छ, सोमबारको हमला पनि यस्तै प्रकृतिको हो ।

प्रधानमन्त्री मेले यस विषयमा आवश्यक छलफलका लागि भन्दै सोमबारै अबेरतिर मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ । सोमबार बिहानको भएको आक्रमणका आठजना घाइतेको तीन वटा छुट्टाछुट्टै अस्पतालमा भर्ना गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्य दुई सामान्य घाइतरु उपचारपछि घर फर्किएका छन् । यस घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ममाथि षड्यन्त्र भयो : सन्दीप लामिछाने

    बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

     अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्

अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

    अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट ३ महिलासहित ४ जना पक्राउ परेका

त्रिकोणात्मक टी-२० : नामिबियामाथि नेपालको जित

    त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।