देउवा असक्षमताका नामी, गर्दैछन मुख्यसचिव नै लिलामी
काठमाडौं/ निजामती सेवाको उपल्लो पद मुख्य सचिब हत्याउन एउटा गिरोह जमेर लागिपरेको छ ।एउटा सन्काहा व्यक्तीका लागी ब्यबस्था परिवर्तन गर्नु परेपनि तयार हुने जनाउ प्रधानमन्त्री शेर बहादुर देउवाले दिएपछी प्राबिधिक सचिवलाई म्यादी मुख्य सचिब बनाउन भित्र भित्रै डीजाइन भईसकेको छ ।
मुख्यसचिव सोमलाल सुवेदी एक वर्ष कार्यकाल बाँकी छँदै एसियाली विकास बैंकको बैकल्पिक निर्देशकमा नियुक्ति भईसकेका छन् । उनी आगामी जुलाई १६ ( २०७४ साउन १) देखि एडीबीको कार्यालय मनिलामा कार्यभार सम्हाल्न जाने भएपछि भावी मुख्यसचिवको लागि सचिवहरुको दौड सुरु भएको छ । अब २५ दिनपछि मुख्यसचिव सुवेदी मनिलास्थित एडीबी कार्यालयमा पुग्नेछन् । उनको कार्यकाल २०७५ साउन २२ सम्म छ ।
तर एक वर्षअघि नै उनी लगभग मासिक १८ लाख रुपैँया तलब, भत्ता सुविधा पाउने एडीबीक उपसचिवस्तरको जागिरमा जाने भएका छन् । मुख्यसचिवमा बरिष्ठता, कार्यक्षमता, नैतिकताका हिसावले सर्बोकृष्ट निजामति पुरस्कार प्राप्त गरेका अर्थमन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नाम चर्चामा आउने गरेको छ । सर्वोकृष्ट कर्मचारी पुरस्कार पाएका, भ्रष्टाचारमा नाम नमुछिएका आर्थिक बृद्धिदर ७.५ पु¥याउन सफल अर्थ सचिव सुवेदी अरु सचिवभन्दा मुख्यसचिवका लागि काविल मानिन्छन् ।
तर एउटा शक्ति केन्द्र ४ महिनाका लागि भौतिक तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा धपाईएका धनबहादुर तामाङलाई मुख्यसचिव बनाएर सुवेदीलाई रोक्ने चलखेल भईरहेको चर्चा निजामति समूहमा ब्याप्त छ । पुष्पकमल दाहाल सरकारको बहिर्गमनपछि डा. सुवेदीलाई मुख्यसचिव नबनाउने चर्चा सुरु भएको हो । गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने खेल अनुसार तामाङलाई अगाडी सार्ने तयारी गरिएको हो । गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव वनाउनका लागि धनबहादुर तामाङलाई मुख्यसचिव बनाउने ग्या्राण्ड डिजाइन बन्दै गरेको समाचार छ । लोकदर्शन लाइ मुख्य सचिब बनाउन जासुसका प्रमुख दिलिप रेग्मी समेत लागिपरेका छन् ।
उनले पाल्पाका लोकदर्शन लाइ मुख्य सचिब बनाउन उनका तागरोहरुको निगरानी गर्न जासुस खटाएका छन्। नातामा दिलिप र लोकदर्शन नजिकका दाजु भाई हुन् । सुबेदी भएसम्म कनिष्ट सचिव रेग्मीलाई मुख्यसचिव बनाउन नसक्ने भएपछि ४ महिनाका लागि तामाङलाई बनाउने रणनीतिमा एउटा शक्तिशाली गिरोह सक्रिय भएको बताईन्छ । तामाङलाई मुख्यसचिव बनाएपछि आगामी २०७४ कात्तिकसम्म शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ लगायतका मुख्यसचिवका दाबेदार ४ सचिव अवकाशमा पर्नेछन् । मंसिरमा तामाङ पनि अवकाश हुनेछन् । अनि त्यसपछि लोकदर्शन रेग्मीको बाटो खुल्नेछ ।