बैंकको एक लाख ८९ हजार कित्ता सेयर असार १३ देखि विक्री खुल्ला



काठमाण्डौं । नेपाल बैंक लिमिटेडले सर्वसाधारण समूहको लागि सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले एक लाख ८९ हजार छ सय २५ कित्ता सेयर असार १३ देखि १९ गतेसम्म लिलामीमा निकाल्न लागेको हो ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भरी आवेदन दिन सक्नेछन् । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा सेयरका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा पुग्नेगरी बोलपत्र फारम भर्नुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र फारम असार २० गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

बैंकले गत वैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने

लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

    सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री