सम्साझै डाक्टरद्वारा साहित्यकार माथी एसिड प्रहार



हाम्रो इकोनोमि

काठमाडौं/ निजामती सेवाको उपल्लो पद मुख्य सचिब हत्याउउन एउटा गिरोह जमेर लागिपरेको छ ।एउटा सन्काहा व्यक्तीका लागी ब्यबस्था परिवर्तन गर्नु परेपनि तयार हुने जनाउ प्रधानमन्त्री शेर बहादुर देउवाले दिएपछी प्राबिधिक सचिवलाई म्यादी मुख्य सचिब बनाउन भित्र भित्रै डीजाइन भईसकेको छ ।

 

आपराधिक मानसिकताले ग्रसित एकजना चिकित्सकले चर्चित साहित्यकार पुण्यप्रसाद प्रसाई माथि तेजाब प्रहार गरि ज्यान लिने सम्मको हर्कत गरेका छन्।

काठमाडौं गोकर्णेश्वर–६ जोरपाटी बस्ने साहित्यकार प्रसाईमाथि एसिड तेजाब अक्रमण भएको हो । जोरपाटीमा आफ्नो घरमा जेठ २८ गते राति १० बजे कार रोकेर घरभित्र पस्ने बेलामा छिमेकी घरबाट आफूमाथि एसिड प्रहार भएको उनले बताएका छन् । आफूमाथि लक्षित गरी प्रहार भए पनि गाडीबाट निक्लिएकाले संयोगवश बाँचेको डिकुरा पब्लिकेसनका अध्यक्षसमेत रहेका प्रसाईले बताए । आफूलाई प्रहार भएको एसिड गाडीमा परेकाले गाडीको अग्रभाग जलेर खुइलिएको उनले जानकारी दिए ।

सो घटनाको भोलिपल्ट प्रसाईले महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी हाले । तर, रिपोर्ट लेखाएको चार दिनसम्म पनि वृत्तले कारबाही प्रक्रिया अघि नबढाएपछि प्रसाईले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आफूमाथि एसिड आक्रमण भएको जाहेरी दिएका छन् ।

प्रसाईले आफूमाथि एसिड आक्रमण गरेको आरोपमा कान्ति बाल अस्पतालका चिकित्सक सुदीप रञ्जित र उनका भाइ निरज रञ्जितविरुद्ध किटानी जाहेरी दिएका छन् । सडकमा गाडी राखेको विषयमा चिकित्सक रञ्जितले प्रसाईमाथि आक्रमण गरेको प्रसाईले वताएका छन् ।
यस्तै, उनले मुचुल्का उठाउन र चिकित्सक रञ्जितविरुद्ध उजुरी लिनसमेत नमानेको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतप्रसाद पुडासैनीलाई पनि विपक्षी बनाएर जाहेरी दिएका छन् । चिकित्सक रञ्जित र प्रसाई छिमेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...