जलविधुत् आयोजनाको ५० प्रतिशत काम पुरा



हाम्रो इकोनोमि

काठमाण्डौं । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ ।

साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण कार्य अगाडि बढिसकेकाले आयोजनाको समग्र कार्य ५५ प्रतिशत पूरा भएको हो ।

आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको काम छिटोछरितो भइरहेको काममा संलग्न आयोजनाका प्राविधिकले बताएका छन् ।

यस्तै एउटै पानीले रनर घुम्ने ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य पनि तीव्र रुपमा अगाडि बढिरहेको र हालसम्म दुई हजार २०० मिटर सुरुङ खन्ने काम पूरा भइसकेको आयोजनाका प्रशासकीय अधिकृत एवम् समन्वयकर्ता सुनिलप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्राविधिकका अनुसार सुरुङको लम्बाइ चार हजार २०० मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...