सरकारी साधनमा आजगनी,राजपा अराजक बन्दै
काठमाडौँ/ दोहोरो चरित्र प्रदर्शन गर्दै आएको राजपा पछिल्ला दिनमा अराजक बन्दै गएको छ । रुपन्देहीमा मनोनयन गराएका राजपाका कार्यकर्ता सप्तरीमा सरकारी सवारीमा आगो लगाएर उग्र बनेका हुन् । केहि बेर अघी मात्र स १ ज ५२९ नम्बरको मोटरसाइकलमा आगो लगाएका छन्। संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका मागहरु सम्बोधन नभएको भन्दै निर्वाचन विथोल्ने उद्घोष गर्दै आन्दोलनमा उत्रिएको राजपाले कार्यकर्ता नियन्त्रण गर्न नसक्दा स्थिती अराजकता उन्मुख बन्दै गएको छ।