समृद्ध इटहरी निर्माणका लागी प्रकाशको उम्मेदवारी



हाम्रो इकोनोमि

काठमाडौं /  पत्रकारितामा स्थापित नाम,इमान्दारितामा लोभलाग्दो कमाएको इनाम, ख्याती र पुरस्कारको चांङले चुलिएको नाम यतिबेला चुनाबी चटारोमा छ। पत्रकार महासंघको केन्द्रिय सदस्य हुदै नेपाली कांग्रेसको महासमिती सदस्यको परिचय बनाईसकेका उनै प्रकाशचन्द्र परियार यतिबेला साझा पार्टीको तर्फबाट स्थानीय तहको चुनावमा इटहरी उप–महानगरपालिकाको उप–प्रमुखको उम्मेदवार बनेका छन्।

अमेरिका, अस्ट्रेलियामा अध्ययन गरेका फरासिला परियारले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । कुनै नैतिक र सामाजिक रुपमा प्रश्न गर्न सक्ने आधारनै नराखेका परियार स्वच्छ छविको ,निश्कलंक युवाका रुपमा सिंगो नेपालमा परिचित छन्। समृद्ध इटहरी निर्माणका लागी उम्मेदवारी दिएको बताउने परियारले टहरा रहित इटहरी बनाउने संकल्प गरेका छन् । यसका अतिरिक्त इन्जिनियरिङ इन्फ्रास्त्रक्चर सहितको इटहरी, टहरा रहित इटहरी, हरियाली सहितको इटहरी र रिङरोड सहितको इटहरी निर्माणको लक्ष्य सहित त्यसको प्रप्तिका लागि उम्मेदवारी दिएको बताउने परियारलाई मतदाताले बिबेक पुर्याएर मतदान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...