१५ हजार कित्ता सेयर आजदेखि लिलामीमा



हाम्रो इकोनोमि

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकको आज देखि १५ हजार ९६९.६४ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । लगानीकर्ताले लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो लिलामीमा सेयर किन्न आवेदन दिने अन्तिम म्याद असार ११ गते तोकिएको छ । डिप्रोक्सले हकप्रद निष्कासनका बेला नबिकेको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसअघि डिप्रोक्सले चैत ७ देखि वैशाख २५ गतेसम्म २५ लाख ७९ हजार २३८.४५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ । बोलपत्र असार १३ गते दिउँसो ३ बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा खोलिनेछ । डिप्रोक्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चुक्ता पुँजी ३४ करोड ८१ लाख ९७ हजार १९० रुपैयाँ छ । तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार ८८२ रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...