कामपा का २२ प्रतिशत घरधनिले मात्र बुझाउँछन् घरबहाल कर



काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् ।

कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहँदा कामपामा रहेका ७८ प्रतिशतले घर बहाल कर तिर्ने गरेका छैनन् ।

हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्ने र घरपतिबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ । “कुनै कानुनी आधारमा रहेर यस किसिमको काम हुने गरेको छैन”, प्रमुख काफ्लेले भन्नुभयो ।

पछिल्लो समय कामपामा घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भएको प्रमुख काफ्लेको ठम्याइ छ ।

घरधनीले भाडामा लिएर उठेको रकमको दुई प्रतिशत कामपामा राजस्व बुझाउनुपर्छ । अहिले वार्षिक रु १२ करोडसम्म यस शीर्षकमा कर उठ्ने गरेको छ ।

नियमको अभाव र जनशक्तिको कमीजस्ता कारण देखाउने कामपाले कर सङ्कलन लागि यति ठूलो सम्भावना बोकेको शीर्षकमा पनि अपेक्षानुरुप कर सङ्कलन गर्न सकेको छैन । पूर्ण रुपमा घर बहाल करसम्बन्धी ऐन नहँुदा कर नबुझाउनेलाई कारबाही गर्ने अधिकार कामपालाई छैन ।

प्रतिक्रिया दिनुहोस
खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु

      नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउदो

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

भन्सार छलेर ल्याएको २० केजी चाँदीसहित ४ जना पक्राउ

  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो

अमेरिकाबाट निष्कासित नेपाली लिएर आएको जहाज काठमाडौं आइपुग्यो

    अमेरिकाबाट निष्कासित नेपालीहरुलाई बोकेर आएको अमेरिकी जहाज काठमाडौंमा अवतरण भएको छ