दुई अर्ब ९६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार !



हाम्रो इकोनोमि

काठमाण्डौं । यस साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार चार सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ । परिसूचकमा उतारचढाव आएपछि यो साता कारोबार रकममा केही उत्साह देखिएन ।

साताको पहिलो दिन ७१ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको कारोबार पनि हुन सकेन । मंगलबार सेयर बजार हरियो हुँदा पनि कारोबार रकम सोमबारको जति पनि हुन सकेन । पछिल्लो दुई दिनमा भने कारोबार रकम सुधारात्मक स्थितीमा रहेको छ । बुधबार ५८ करोडको कारोबार भएको बजारमा विहीबार ६७ करोडको कारोबार भएको छ । समग्रमा साताभरमा दुई अर्ब ९६ करोड २५ लाख २२ हजार चार सय ४१ रुपैयाँ पुँजी परिचालन भएको छ । गत साता तीन अर्ब ३४ करोड ३० लाख ६४ हजार चार सय २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

दोहोरो अंकको गिरावटबाट सुरु भएको यो साताको सेयर बजार ५.१० अंकको वृद्धिसँगै बन्द भएको छ । साताको मंगलबार पनि सेयर बजार ४.६३ अंकले बढेको थियो । बाँकी दिनमा भने सेयर बजार गिरावटमा रह्यो । फलस्वरुप, गत साताको अन्तिम दिन १६१५.१९ अंकमा रहेको सेयर बजार यो साता १५८९.५९ अंकमा कायम भएको छ । यसआधारमा हेर्दा, यो साता नेप्से २५.६० अंकले घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...