दुई अर्ब ९६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार !



काठमाण्डौं । यस साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार चार सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ । परिसूचकमा उतारचढाव आएपछि यो साता कारोबार रकममा केही उत्साह देखिएन ।

साताको पहिलो दिन ७१ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको कारोबार पनि हुन सकेन । मंगलबार सेयर बजार हरियो हुँदा पनि कारोबार रकम सोमबारको जति पनि हुन सकेन । पछिल्लो दुई दिनमा भने कारोबार रकम सुधारात्मक स्थितीमा रहेको छ । बुधबार ५८ करोडको कारोबार भएको बजारमा विहीबार ६७ करोडको कारोबार भएको छ । समग्रमा साताभरमा दुई अर्ब ९६ करोड २५ लाख २२ हजार चार सय ४१ रुपैयाँ पुँजी परिचालन भएको छ । गत साता तीन अर्ब ३४ करोड ३० लाख ६४ हजार चार सय २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

दोहोरो अंकको गिरावटबाट सुरु भएको यो साताको सेयर बजार ५.१० अंकको वृद्धिसँगै बन्द भएको छ । साताको मंगलबार पनि सेयर बजार ४.६३ अंकले बढेको थियो । बाँकी दिनमा भने सेयर बजार गिरावटमा रह्यो । फलस्वरुप, गत साताको अन्तिम दिन १६१५.१९ अंकमा रहेको सेयर बजार यो साता १५८९.५९ अंकमा कायम भएको छ । यसआधारमा हेर्दा, यो साता नेप्से २५.६० अंकले घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने

लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

    सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री