को-को कहाँ खटिदैछन् एमाले नेता



हाम्रो इकोनोमि

काठमाडौँ । पहिलो चरणको स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी भएपछि दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बन्न नेकपा एमाले जोडतोडले लागेको छ । चुनावी प्रचारको अभियानमा नेकपा एमालेका प्रमुख नेताहरु मैदानमा उत्रिएका छन् ।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनअघि प्रदेश नम्वर ५ मा पुगेर विशाल सभा गरे । नेपालगन्ज र दाङ पुगेका ओलीले मैदानमा खटेर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । एमालेका दुई उपमहासचिव प्रदेश नम्वर ५ मा कम्मर कसेर लागेका छन् । बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादीको चुनावी तालमेल भएपछि उपमहासचिव विष्णु पौडेल र घनश्याम भूषाल बुटवलमा खटिएका छन् ।

त्यसैगरी पाटीका सचिव प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले गुल्मी, पाल्पा र अर्खाखाँचीमा कम्मर कसेका छन् । उनीहरुले एमालेलाई जिताउन दिनभर घरदैलो र साँझ योजना बनाउने गरेका छन् ।
सवैभन्दा बढि चुनौति र प्रतिष्ठाको स्थान दाङ र बाँके एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल विगत १० दिनदेखि मोर्चा कसेर बसेका छन् । दुई उपमहानगरपालिकामा सफलता पाउने नेता पोखरेलले बताए । ‘पहिलेको भन्दा अहिले दाङ एमालेका लागि निकै राम्रो भएको छ, धेरै स्थानमा एमालेले जित्छ’ पोखरेलले भने ।

बाँके र बर्दियामा एमाले उपाध्यक्ष बामदेव गौतम अबको केही दिनमा जाँदैछन् । उनी एकसाता बाँके र बर्दियामै बस्ने योजना रहेको छ । बाँके र बर्दियामा जिताउने जिम्मा पार्टीले उनलाई दिएको छ ।

प्यूठानमा एमाले प्रचारबिभागका उप संयोजक सूर्य थापा कम्मर कसेर लागेका छन् । थापा नेपालगन्ज, दाङ हुदै प्यूठान पुगेका छन् ।

त्यसैगरी प्रदेश नम्वर ७ मा एमाले नेता भीम रावल पुगिसकेका छन् । सात नम्वर प्रदेशमा सवै जिल्लामा पुग्ने उनको योजना रहेको छ । रावलसँगै एमालेका सवै केन्द्रीय नेताहरु सात नम्वर प्रदेशमा पुगिसकेका छन् ।

प्रदेश नम्वर एकमा एमाले सचिव योगेश भट्टराई पुगेर राजधानी फर्केका छन् । ताप्लेजुङ, पाँचथर, इलाम र झापा पुगेका भट्टराईले चुनावी रणनीतिका बारेमा स्थानीय नेता कार्यकर्तासँग छलफल पनि गरेका थिए । प्रदेश नम्वर एकमा केही दिनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल पनि पुग्ने भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...