चीनको प्राथमिक विद्यालयमा बम आक्रमण भएको पुष्टि, सात जनाको मृत्यु, ६६ घाइते !



काठमाण्डौं । पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ ।

जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशको प्रशासनले विष्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समय अनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ ।

चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको घटनास्थलमा र अन्य पाँच जनाका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार घाइतेमध्ये साँझ ७ः४५ बजेसम्म नौ जनाको अवस्था गम्भीर रहेको छ ।

घटनामा कतिजना बालबालिका परेका थिए भन्ने बिषयमा केही खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका