चीनको प्राथमिक विद्यालयमा बम आक्रमण भएको पुष्टि, सात जनाको मृत्यु, ६६ घाइते !



हाम्रो इकोनोमि

काठमाण्डौं । पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ ।

जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशको प्रशासनले विष्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समय अनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ ।

चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको घटनास्थलमा र अन्य पाँच जनाका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार घाइतेमध्ये साँझ ७ः४५ बजेसम्म नौ जनाको अवस्था गम्भीर रहेको छ ।

घटनामा कतिजना बालबालिका परेका थिए भन्ने बिषयमा केही खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...