मन्दिरबाट एक महिनामा नौ लाख भेटी सङ्कलन !



हाम्रो इकोनोमि

काठमाण्डौं । बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा रु नौ लाख ३५ हजार ३३० भेटी सङ्कलन भएको छ ।

नगद, बोका, राँगो, कुखुराको मुढ (टाउको), चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो जसमध्ये रु चारलाख ८१ हजार ९२० नगद सङ्कलन भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बलि दिइएका १३१ बोकाको मुढ बिक्रीबाट रु ९३ हजार ५४०, कुखुराको मुढबाट रु छ हजार १२०, राँगोको मुढबाट रु तीन हजार ६२० र परेवा बिक्रीबाट रु तीन लाख २९ हजार ४०० आम्दानी भएको छ ।

यस्तै, भक्तजनले मन्दिरमा चढाएको चामल बिक्रीबाट रु १२ हजार ४००, तेलबाट रु दुई हजार ३०० र कपडा बिक्रीबाट रु दुई हजार ५०० सङ्कलन भएको छ ।

जेठ महिनाभरमा आर्थिक सहयोगबापत रु एक हजार ८३० जम्मा भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

बलिका मुढ, परेवा, चामल बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम भेटीमा जम्मा हुने गरेको छ । मन्दिरले वर्षमा रु एक करोडभन्दा बढी भेटी सङ्कलन गर्दै आएको छ । समितिले जेठ महिना रु ३८ हजार २३१ मन्दिरमा खर्च भएको जनाएको छ ।

यसमा खाद्यान्नतर्फ रु २० हजार ९२६, सरसफाइमा तीन हजार ७७०, टीका, अबिरमा रु तीन हजार ५४०, दाना रु तीन हजार २२५, अतिथी सत्कारमा रु एक हजार ७६० तथा निर्माण सामग्री खरिदमा रु पाँच हजार खर्च भएको जनाइएको छ । समितिले प्रत्येक महिना मन्दिरको आम्दानी÷खर्च सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...