बाढी पहिरोमा १५४ को मृत्यु !



हाम्रो इकोनोमि

बंगलादेश । दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ ।

एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ ।

संकटकालीन उद्धार टोलीले बिहीबारबाट भीषण पहिरोबाट प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको बताइएको छ ।

पाँच वटा पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यलाई निरन्तरता दिएको र हराएकाको खोजीलाई स्थगित गरेको स्थानीय अग्नीनियन्त्रक प्रमुख दिदारुल अलामले एएफपी समाचार समितिलाई बताएका छन् ।

पहिरो प्रभावित इलाकामा १ मिटरसम्म हिलोमाटो जमेर रहेको र सो माटोमा शवहरु पुरिएको पुष्टि नभएको स्थानीय बासिन्दाले जानकारी दिएपछि खोजी कार्य रोकेको अलामले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...