एइसी कप क्रिकेट असार ६ देखि



काठमाडौँ । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।

कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा बिहिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा कन्सलटेन्सीका निर्देशक अर्जुन पाण्डेले जानकारी दिए ।

नकआउटका आधारमा खेलाइने उक्त इन्डोर क्रिकेट प्रतियोगितामा गोरखा नाइट्स, कस्तुरी एकेडेमी, अग्रवाल ब्रदर्स, पाण्डाजलगायत विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी मेडल तथा सर्टिफिकेट प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले रु पाँच हजार पाउनेछन् । प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १ असार २०७४, बिहिबार  १० : ४६  बजे

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ