एइसी कप क्रिकेट असार ६ देखि



हाम्रो इकोनोमि

काठमाडौँ । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।

कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा बिहिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा कन्सलटेन्सीका निर्देशक अर्जुन पाण्डेले जानकारी दिए ।

नकआउटका आधारमा खेलाइने उक्त इन्डोर क्रिकेट प्रतियोगितामा गोरखा नाइट्स, कस्तुरी एकेडेमी, अग्रवाल ब्रदर्स, पाण्डाजलगायत विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी मेडल तथा सर्टिफिकेट प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले रु पाँच हजार पाउनेछन् । प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...