तयार हुनुस्, बैंकले ल्याउँदैछ आठ लाख ८० हजार कित्ता सेयर !



काठमाण्डौं । पूर्णिमा विकास बैंकले चार बराबर एकको अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ८० लाख ९६ हजार २८२ रुपैयाँको आठ लाख ८० हजार ९६२ दशमलव ८२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको शेयरमा जेठ १५ गतेसम्म कायम शेयरधनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल ३५ करोड २३ लाख ८५ हजार चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद वितरण पश्चात पूँजी ४४ करोड चार लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयरमा शेयरधनीले बिक्र प्रबन्धक सिद्धार्थ क्यापिटलनारायाणचौर नक्साल काठमाडौं, पूर्णिमा विकास बैंक लिमिटेड भैरहवा, रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालय र सिद्धार्थ बैंक लिमिटेडका देशभरीका शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।