तयार हुनुस्, बैंकले ल्याउँदैछ आठ लाख ८० हजार कित्ता सेयर !



हाम्रो इकोनोमि

काठमाण्डौं । पूर्णिमा विकास बैंकले चार बराबर एकको अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ८० लाख ९६ हजार २८२ रुपैयाँको आठ लाख ८० हजार ९६२ दशमलव ८२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको शेयरमा जेठ १५ गतेसम्म कायम शेयरधनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल ३५ करोड २३ लाख ८५ हजार चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद वितरण पश्चात पूँजी ४४ करोड चार लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयरमा शेयरधनीले बिक्र प्रबन्धक सिद्धार्थ क्यापिटलनारायाणचौर नक्साल काठमाडौं, पूर्णिमा विकास बैंक लिमिटेड भैरहवा, रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालय र सिद्धार्थ बैंक लिमिटेडका देशभरीका शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...