चण्डाल चण्डीका कारण उद्योगी बीच मारामार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायीहरुको हक हितमा भन्दा पनि व्यक्तीगत स्वार्थका कामले महत्व पाउन थाले पछी पछिल्ला वर्षदेखि महासंघ चरम विबादमा फसेको छ । प्रायजसो पदाधिकारीले विदेश शयरमा महासंघलाइ प्रयोग गर्न थाले पछि र बिदेशी नियोग र दुताबासले महासंघको नाममा विदेश गएकाहरु उतै लुकेको भनेर तागेता गरे पछि फुटको संघारमा पुगेको महासंघ स्थित स्रोतले जनाएको छ ।

 

पुर्वअध्यक्ष भई सकेका चण्डीराज ढकालले बैंकबाट ऋण लिई हाल सम्म चुक्ता नगरेपछि कारबाही बच्न महासंघलाई ढाल बनाई आएकै कारण महासंघमा विवादले उग्ररुप लिएको हो । उनी अहिले पनि फरार सूचीमा रहेकै अबस्थामा विशिष्ट सदस्य तथा कार्यकारणी सदस्य पदमा रही अबैधधन्धा चलाउदै आएका छन् । ढकाल आफुलाई महासंघभित्रको राजनीतिक केन्द्रविन्दुको रुपमा रहि रहनकालागि कुनै पनि हर्कत गर्न समेत पछि पर्ने गरेका छैनन् ।

 

महासंघकी अध्यक्ष भवानी राणा तथा यसअघिका अध्यक्ष पशुपति मुरारका र चण्डीराज ढकालले महासंघलाई नियन्त्रणमा लिएपछि अन्य सदस्यहरु भने समान्तर महासंघ नै गठन गर्नु पर्ने बारे गम्भीर छलफलमा समेत जुटेका छन् । ढकालले जे चायो त्यही महासंघमा विगत केही वर्षदेखि हुने गरेपछि विवाद झन बढ्दै गएको हो । महासंघको विधान परिर्वतन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था ल्याउन पनि भवानी राणाले ढकालको नै साथ लिएकी थिइन । ढकालको साथले नै उक्त विधान पारित भएको थियो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार