रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीको क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन् ।

एकाबिहाने भएको सो आक्रमणबाट १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका अरबले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउस रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।

रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदाय माथि आक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...