रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु



काठमाण्डौं । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीको क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन् ।

एकाबिहाने भएको सो आक्रमणबाट १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका अरबले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउस रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।

रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदाय माथि आक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका