एनआइसी एसियाको सेयर आजदेखि लिलामीमा, असार ८ गतेसम्म किन्न पाइने !



काठमाण्डौं । एनआइसी एसिया बैंकले सर्वसाधारण समूहको २ लाख ९८ हजार ५३६ कित्ता सेयर आज (बिहीबार) देखि लिलामीमा बिक्री सुरु गरेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा त्यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र फारम बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । लिलामीमा असार ८ गतेसम्म सेयर किन्न पाइनेछ ।

एनआइसी एसियाले गत चैत १६ देखि वैशाख १९ गतेसम्म १५५ हकप्रद निष्कासन गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गरेको हो । लिलामीको बोलपत्र असार ९ गते दिउँसो १ः३० बजे एनआइसी एसिया क्यापिटल बबरमहलमा खोलिनेछ ।

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १३ करोड ८४ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ पुगेको छ । एनआइसीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ ।

प्रतिक्रिया दिनुहोस
नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

    चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने

लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य

    सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री