यी मधेशीले भने चुनाबको मिती सार्न सकिदैन



हाम्रो इकोनोमि

काठमाडौं।मधेसी मुलका यादब त्यो पनि सप्तरीका तिनै अयोधी प्रसाद यादब प्रमुख रहेको निर्वाचन आयोगले सरकारले भने बमोजिम चुनाबको मिती सार्न नसकिने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ काँग्रेस÷माओवादी केन्द्रसँगको छलफलमा निर्वाचन आयोगले अब स्थानीय तहको निर्वाचन सार्न नसकिने स्पष्ट अडान राखेको हो।

राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन तराई/मधेशका केही जिल्लामा स्थानीय तहको निर्वाचन तेस्रो चरणका गर्ने तयारी सरकारले गरिरहेको थियो।

त्यहि विषयमा परामर्श गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले बिहिबार बिहान सत्तारुढ दलका शीर्ष नेताहरुसहित निर्वाचन आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकेका थिए।

उक्त छलफलका क्रममा आयोगका पदाधिकारीहरुले अबको केही समयभित्रै संविधान बमोजिम प्रदेश सभा र संसदको समेत निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले स्थानीय तहको निर्वाचन सार्न नसकिने अडान राखेका थिए।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अव पनि पछिसारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजाष्टर’ हुने चेतावनी समेत दिएको छ। अब निर्वाचनको तिथिमिति सार्न नसकिने अडान निर्वाचन आयोगले राखेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगसँगको परामर्शपछि पत्रकारसँग कुरा गर्दै भने।

बैठकमा प्रधानमन्त्री देउवा र सत्तारुढ दलका नेताहरुले भने राष्ट्रिय जनता पार्टी निर्वाचनमा भाग लिन सहमत भए निर्वाचनको मिति सार्न एक पटक सकारात्मक भईदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने आफूहरुले निर्वाचनको तयारीबारे सरकार र सत्तारुढ दलहरुलाई जानकारी गराएको बताए।
उनले चुनाव सधंै चुनौतिपूण हुने उल्लेख गर्दै सरकारले सुरक्षा व्यवस्था मिलाउछु भनेकाले कुनै समस्या नहुने पनि स्पष्ट पारेका थिए।

निर्वाचन आयोगले मधेशका जनता निर्वाचनको पूर्ण पक्षमा रहेकाले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न कुनै कठिनाई नरहेको दावी गर्दै आएको छ। स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका तय गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...