एभरेष्ट बैंकको सेयर २८ गतेबाट खुल्ला, हेर्नुहोस् कहाँ-कहाँबाट पाईन्छ आवेदन दिन !



हाम्रो इकोनोमि

काठमाडौं । एभरेष्ट बैंकले ५० लाख ८८ हजार ८७ कित्ता सेयर असार १८ गतेदेखि खुला गर्ने भएको छ । बैंकले ३ः१ अनुपातमा ३३.३३५ हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर साउन २२ गतेसम्म भर्न पाइनेछ । एभरेष्टको हकप्रदमा असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट, काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । त्यसैगरी एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको एभरेष्टले ३३.३३५ हकप्रद ल्याएको हो । यसअघि बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७०५ बोनस सेयर पनि दिइसकेको छ । यसबाहेक बैंकले मर्ज र एक्वायरको विकल्प पनि खुला राखेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्टको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ हुनेछ । तेस्रो त्रैमासमा बैंकले १ अर्ब ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...