राजेन्द्र महतो लाई बिहार पठाउनु पर्छ : यादव



हाम्रो इकोनोमि

संविधान सम्सोधनको बिषयलाई लिएर राजपाले स्थानीय निर्वाचनमा भाग नलिने र तराईमा आन्दोलन गर्दै आएको छ । मधेश केन्द्रित दल मध्य उपेन्द्र महत्तो र बिजय गच्छदारको पार्टी भने निर्वाचनमा भाग लिने भएको छ । निर्वाचामा भाग लिने र नलिने मधेशी पार्टीबिच एक आपसमा पोल खोलाखोल हुन थालेको छ । यसै बिच लामो समयदेखि तराई मधेसका नेपालीलाई दुःख दिँदै आएका राजेन्द्र नेपालका विरलै भाग्यमानीमध्येका एक नेता मानिन्छन् । जसले पटकपटक मन्त्री बन्ने मौका पाए । मालदार मन्त्रालयमा उनको राज चल्यो । उनको अकुत सम्पत्तिको त झन् लामै फेहरिस्त रहेको बताइन्छ । काठमाडौंमा महल र तराईमा पनि दरबार ठड्याएका छन् । संचारमाध्यम, जग्गा, सुनदेखि धेरै कुरामा उनको लगानी छ ।
कहिले नाकाबन्दी त कहिले अनेक बहानामा उनले नेपाली जनतामाथि अत्याचार थुपारिरहेका छन् । २० वर्षपछि हुन लागेको दोस्रो चरणको चुनाव हुनै नदिने दाउमा लागेका महतो अहिले तराईमा अस्थिरताका मुख्य पात्र हुन् । अझ उपेन्द्रले त राजेन्द्रमाथि गम्भीर आरोप समेत लगाएका छन् । मधेशमा संघीय समाजवादी फोरमको चुनावी सभा भाँड्न भारतबाट महतोले भाडाका मानिसहरु ल्याएको उपेन्द्रको दावी छ ।
नेता यादवको आरोप छ नेपालमा अस्थिरता ल्याउने, नेपालीमाथि अत्याचार गर्ने अनि देशमा बिखण्डनको विउ रोप्ने राजेन्द्र महतोलाई किन कारबाही नगर्ने ?
यवदव भन्छन , मधेशी जनताले एकदिन यस्ता हर्कत देखाउने महतोलाई उनकै जन्मथलोतिरै लखेट्नेछन् । त्यतिबेला उनलाई कठै भन्ने कोही पनि बाँकी नरहन सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...