चुनाब सार्न बसेको बैठक एमालेद्वारा बहिस्कार



हाम्रो इकोनोमि

 

काठमाडौं । प्रमुख चार दल र राष्ट्रिय जनता पार्टी नेपालबीचको संयुक्त बैठक सकिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी, फोरम लोकतान्त्रिक र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले सहमतिका लागि असन्तुष्ट राजपाका नेताहरुसँग सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठक अहिले सकिएको छ।

बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरु बाहिरिएपनि सत्तापक्ष र राजपाका नेताहरु बसीरहेका छन्।

बैठकबाट बाहिरिने क्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बैठकमा प्रधानमन्त्री देउवाले नै असार १४ गतेको स्थानीय तह निर्वाचन अगाडि संविधान संशोधनको सम्भावना नभएको भनिसकेपछि यो विषयमा आफूहरुको पनि सहमति भएको बताए।

राजपाको माग अनुसार स्थानीय तहको संख्या थप्ने विषयमा सर्वोच्च अदालतले नै सरकारले दर्ता गरेको स्थानीय तह बढाउने निर्णय विरुद्धको अदालतको आदेश खारेजीको रिट निवेदन खारेज गरेपछि यो माग पनि तत्काल सम्बोधन गर्न सम्भव नभएको निष्कर्ष आफूहरुले निकालेको नेम्वाङले बताए।

बैठकमा आफूहरुले यो बाहेक कुनै विषयमा मिलाउनु पर्ने भए त्यसलाई छलफल र सहमतिका आधारमा मिलाउन सकिने तर तोकिएको मितिको निर्वाचन सार्न नसकिने अडान एमालेका नेताहरुले राखेका थिए।

राजपाले आफूहरुले उठाउँदै आएका माग सम्बोधन नभए निर्वाचनमा सहभागी नहुने भन्दै निर्वाचन विरोधी आन्दोलनको कार्यक्रम चर्काउदै लगेको छ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...