चुनाब सार्न बसेको बैठक एमालेद्वारा बहिस्कार



हाम्रो इकोनोमि

 

काठमाडौं । प्रमुख चार दल र राष्ट्रिय जनता पार्टी नेपालबीचको संयुक्त बैठक सकिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी, फोरम लोकतान्त्रिक र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले सहमतिका लागि असन्तुष्ट राजपाका नेताहरुसँग सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठक अहिले सकिएको छ।

बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरु बाहिरिएपनि सत्तापक्ष र राजपाका नेताहरु बसीरहेका छन्।

बैठकबाट बाहिरिने क्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बैठकमा प्रधानमन्त्री देउवाले नै असार १४ गतेको स्थानीय तह निर्वाचन अगाडि संविधान संशोधनको सम्भावना नभएको भनिसकेपछि यो विषयमा आफूहरुको पनि सहमति भएको बताए।

राजपाको माग अनुसार स्थानीय तहको संख्या थप्ने विषयमा सर्वोच्च अदालतले नै सरकारले दर्ता गरेको स्थानीय तह बढाउने निर्णय विरुद्धको अदालतको आदेश खारेजीको रिट निवेदन खारेज गरेपछि यो माग पनि तत्काल सम्बोधन गर्न सम्भव नभएको निष्कर्ष आफूहरुले निकालेको नेम्वाङले बताए।

बैठकमा आफूहरुले यो बाहेक कुनै विषयमा मिलाउनु पर्ने भए त्यसलाई छलफल र सहमतिका आधारमा मिलाउन सकिने तर तोकिएको मितिको निर्वाचन सार्न नसकिने अडान एमालेका नेताहरुले राखेका थिए।

राजपाले आफूहरुले उठाउँदै आएका माग सम्बोधन नभए निर्वाचनमा सहभागी नहुने भन्दै निर्वाचन विरोधी आन्दोलनको कार्यक्रम चर्काउदै लगेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...