चुनाव सारे देउवालाई अर्को तक्मा :एमाले



हाम्रो इकोनोमि

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय जनता पार्टीको स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको माग पूरा गर्नकै लागि असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव कुनै हालतमा सार्न नहुने बताएको छ ।

एमाले स्थायी कमिटीको बुधबार बसेको बैठकमा राजपाका मागबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जघन्य अवराधमा संलग्न नभएका तथा निर्दोषमाथि लागेको मुद्दा फिर्ता लिन सकिने बताएको छ ।

तर, पहिलो चरणको चुनाव भइसकेको र दोस्रो चरणको चुनावको उम्मेदवारीको पूर्वसंध्यामा स्थानीय तहको संख्या बढाउन नसकिने बताएको छ । एमाले सचिव योगेश भट्टराईले भने, ‘भोलि चुनावपछि आवश्यकता र औचित्यका आधारमा आयोग बनाएर देशब्यापी अध्ययन गर्न सकिन्छ ।’

प्रधानमन्त्री स्वयंम र उनको दल कांग्रेसबाट सार्जवनिक धारणाले असार १४ को चुनाव गर्न चाहँदैन कि भन्ने आशंका जन्माएको एमालेले बताएको छ । १,२, ५ र ७ नम्बर प्रदेशमा असार १४ मै चुनाव हुनु पर्ने भन्दै एमालेले राजपालाई पनि चुनावमा आउन आउन आहृवान गरेको छ ।

साथै उम्मेदवारको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा र रक्षा गर्ने र जनताले मताधिकार प्रयोग गर्ने सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

चुनाव सार्नु पर्ने प्रस्तावमा एमालेको सहमति नहुने भन्दै सचिव योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीमाथि इतिहासबाट असक्षमताको प्रश्न लाग्दै आएको छ । यदि यो चुनाव तलमाथि भयो भने असक्षमताको अर्को तक्मा पाउनुहुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...