राजपाको नियन्त्रणमा ५५ निर्वाचन अधिकृत
काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोध गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले सप्तरीमा ५५ जना भन्दा बढी निर्वाचन अधिकृतलाई घेराउ गरेका छन् ।
निर्वाचन अधिकृत तथा सहायक अधिकृतका लागि तालिम दिइरहेको ठाउँ उनीहरुले घेराउ गरेका हुन् ।
राजपाका कार्यकर्ताले राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोकिएको तालिमका लागि आएका ५५ जना भन्दा बढी निर्वाचन अधिकृतलाई घेराउ गरेका हुन् ।
राजपाका नेता कार्यकर्ताले तालिम भइरहेको क्याम्पसको गेटअघि तालिमका लागि आएका निर्वाचन अधिकृत तथा सहायक अधिकृतलाई घेराबन्दी गरेपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।