आईएमईले १७ औं वार्षिकोत्सव मनायो



हाम्रो इकोनोमि

काठमाडौँ । आईएमईले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव ‘१७ औं वार्षिकोत्सव नयाँ प्रविधिको’ भन्ने मूलनाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।

वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराजढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवं रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनमा भाग लिन जेनेभा गएकाले भिडियोमार्फत पठाइएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवमा कम्पनीको १७ वर्षे यात्रामा निरन्तर सेवा लिनु हुने सेवाग्राहीहरूमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कुल ३४ जना सेवाग्राहीलाई सिस्टममा आधारित रहेर ‘लक्कीड्र’ मार्फत विजेता घोषणा गरिएको थियो ।

विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरूलाई कृतज्ञता प्रकट गर्दै आगामी दिनमा आईएमई सेवालाई अझै परिस्कृत र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरूको निरन्तर विश्वासले आफूलगायत आफ्नो टिमलाई काम गर्ने थप ऊर्जा मिलेको बताए ।

१७औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपविजेताहरूलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवं शिल्ड प्रदान गरे ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...