आईएमईले १७ औं वार्षिकोत्सव मनायो



काठमाडौँ । आईएमईले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव ‘१७ औं वार्षिकोत्सव नयाँ प्रविधिको’ भन्ने मूलनाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।

वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराजढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवं रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनमा भाग लिन जेनेभा गएकाले भिडियोमार्फत पठाइएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवमा कम्पनीको १७ वर्षे यात्रामा निरन्तर सेवा लिनु हुने सेवाग्राहीहरूमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कुल ३४ जना सेवाग्राहीलाई सिस्टममा आधारित रहेर ‘लक्कीड्र’ मार्फत विजेता घोषणा गरिएको थियो ।

विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरूलाई कृतज्ञता प्रकट गर्दै आगामी दिनमा आईएमई सेवालाई अझै परिस्कृत र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरूको निरन्तर विश्वासले आफूलगायत आफ्नो टिमलाई काम गर्ने थप ऊर्जा मिलेको बताए ।

१७औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपविजेताहरूलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवं शिल्ड प्रदान गरे ।

 

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले