धरापमा उपेन्द्र यादवको कीर्ते राजनीति, तराईमा जल्यो पुत्ला, छिर्नै सकेनन् वीरगञ्ज



हाम्रो इकोनोमि

काठमाडौँ । गौर काण्डमा ४७ जना मारिएपछि एनजिओबाट राजीतिक संस्था बनेको र राजनीतिक चरित्र बनेका उपेन्द्र यादवको राजनीति सधैँ उकालो मात्र चढ्दैन । बेलाबखत ओरालो लागेको गृगको बाच्छोजस्तो पनि हुने गर्छ । आफ्नो भागमा नाफैनाफा र अरुको भागमा दुःखको भागवण्डा गर्न सिपालु नेता यादवको गढ मानिएको वीरगञ्जमा मंगलबार प्रवेशसमेत गर्न सकेनन् ।

अरुको कार्यक्रम बिथोल्नुपर्छ, भाँड्नुपर्छ भन्ने मान्यतामा कार्यकर्ता परिचालन गर्न माहिर यादव मंगलबार आफैँले सिको गरेको काममा सिकार भएका छन् । सोमबार सर्लाही पुगेका यादवले राष्ट्रिय जनता पार्टीविरुद्ध जब विषवमन गरे, त्यसपछि यादवविरुद्ध तराईका जनता नै उर्लिएका छन् । राजपाको मधेस बन्दका कारण वीरगञ्ज जाने औकातसमेत रहेन यादवमा । राजपाका नेता केशव झाले भने, जनतालाई झुटको राजनीति गरेको कति दिन टिक्छ, उहाँ आफ्नै भूगोलमा जान सक्नु भएको छैन ।

राजपाका नेताको घर भारतमा, नामर्दलगायतका यादवका वाणीका कारण यतिखेर उपेन्द्र यादव समस्यामा परेका छन् । पहिलो चरणको निर्वाचनमा पनि पहाडमा संगठन थियो, ११ जिल्लामा भाग लिन तयार थियौँ भन्दै ढाँटेका यादवको संघीय समाजवादी फोरममै असन्तुष्टि बढेको छ ।

तीनजिल्लामा विद्रोह हुँदै
उपेन्द्र यादवको संघीय समाजवादी फोरमको रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला कमिटी पनि यतिखेर राजपाको आन्दोलनमा सरिक भएको छ । आफ्नै संगठनका कार्यकर्तासमेत काबुमा राख्न नसकेको पाइएको छ । राजपाकै एक नेताले भने, तीनवटै जिल्ला संगठन असन्तुष्टि जनाउँदै राजपाको आन्दोलनमा आउने औपचारिक घोषणा हुँदैछ केही दिनमा । सामाजिक सञ्जालमा पनि उपेन्द्र यादवको चर्को आलोचना भएको छ । उनकै पुत्लादहन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...

निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...