दुर्घटनामा दुईको मृत्यु, दुई घाइते



हाम्रो इकोनोमि

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ चिलाउनघारीमा बा.२ ज. २३५२ नंको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा आज दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखा घर भएका २४ वर्षीय बुद्धिबहादुर लामा र सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोक सिम्ले घर भएका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

गएराति भएको दुर्घटनामा घाइते भएका सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोककै २५ वर्षीय राकेश तामाङ र कृष्ण तामाङको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालक लामाको ब्लू क्रस अस्पतालमा र तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...